१३ असार २०८३, शनिबार

हार्दिक पाण्डेयलाई १२ लाख जरिवाना

9.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ वैशाख । आईपीएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयलाई १२ लाख भारु जरिवाना गरिएको छ ।

गएराति सम्पन्न पञ्जाव किंग्सविरुद्धको खेलमा स्लो ओभर रेटका कारण कप्तान पाण्डेयलाई १२ लाख जरिवाना गरिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्डले जानकारी दिएको छ ।

कप्तान पाण्डेयले निर्धारित समयभित्र आफ्नो टिमको २० ओभर बलिङ पूरा गर्न सकेका थिएनन् ।

अब हार्दिकले फेरि यो गल्ति दोहोराएमा उनलाई यसभन्दा ठूलो जरिवाना हुने बोर्डले जनाएको छ ।

यस सिजनमा स्लो ओभर रेटका लागि गुजरात टाइटन्सका कप्तान शुभमन गिल र दिल्लीका कप्तान ऋषव पन्तलाई पनि जरिवाना गरिसकिएको छ ।