बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन

दैनिक नेपाल २०८१ वैशाख ७ गते ९:४८

केन्या, ७ वैशाख । केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको छ ।

देशको पश्चिमी भागमा हेलिकप्टर दुर्घटनामा उहाँको मृत्यु भएको राष्ट्रपति विलियम रुटोले टेलिभिजन सम्बोधनमा घोषणा गर्नुभएको छ ।

स्थानीय समय अनुसार बिहीबार दिउँसो उडेको केही समयपछि हेलिकप्टर दुर्घटना हुँदा ओगोला र सेनाका अन्य ९ सदस्यको मृत्यु भएको रुटोले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा दुई जना बाँच्न सफल भएका छन् ।

‘केन्या रक्षा बलका प्रमुख जनरल फ्रान्सिस ओमोन्डी ओगोलाको निधनको घोषणा गर्नु पर्दा म गहिरो दुःखी छु ।’ उहाँले भन्नुभयो ।

दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धानकर्ताहरूको टोली एल्गेयो माराक्वेट काउन्टीको दुर्घटनास्थलमा पठाइएको रुटोले जानकारी दिनुभएको छ ।

ओगोला बिहीबार नैरोबीबाट देशको उत्तरी रिफ्ट क्षेत्रमा भ्रमण गर्न पुग्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित