बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

सबैतिर गठबन्धन गर्नु तर राजनीतिमा कहिल्यै गठबन्धन नगर्नु : गोकुल बास्कोटा

दैनिक नेपाल २०८१ वैशाख ७ गते ९:४०

काठमाडौं, ७ वैशाख । नेकपा (एमाले)का सांसद तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले एकीकृत समाजवादीप्रति व्यंग्य गर्दै सामाजिक सञ्जालमा टिप्पणी गर्नुभएको छ ।

उहाँले सबैतिर गठबन्धन गरेपनि राजनीतिमा कहिल्यै गठबन्धन नगर्नु भन्दै षडयन्त्रको पोको बोकेर हिँडेका नेताका स्वार्थ सिद्ध गर्न मै राज्यको समय खर्चनु परेको टिप्पणी गर्नुभएको हो ।

उहाँले भन्नुभएको छ- सबैतिर गठबन्धन गर्नु तर राजनीतिमा कहिल्यै गठबन्धन नगर्नु । राजनीतिमा स्थाई शत्रु र मित्र हुँदैन भनेर अरुलाई पाठ पढाउने तर आफै भने माखाको जस्तो पित्त भएका र छातीभरि विषै विषले भरिएको षडयन्त्रको पोको बोकेर हिँडेका नेताका स्वार्थ सिद्ध गर्न मै राज्यको समय खर्चनु पर्ने रहेछ ।

प्रतिक्रिया
सम्बन्धित