बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु

दैनिक नेपाल २०८१ वैशाख ७ गते ८:५९

सिन्धुपाल्चोक, ७ वैशाख । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका-५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

आज बिहान दोलखाको भीमेश्वर नगरपालिपका-१ सुस्पाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-४ स्थित पिस्कर जान लागेको बा ४ ख ५६१६ नम्बरको जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

मृतकहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ३२ जना घाइते भएको र घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि सिन्धु सदाबहार अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित