बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

मन्त्री श्रेष्ठद्धारा चितवनका विभिन्न अस्पतालको अनुगमन

दैनिक नेपाल २०८१ वैशाख ७ गते ७:०२

मकवानपुर, ७ वैशाख । बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालय मातहत रहेको चितवनका आयुर्वेद औषधी उत्पादन केन्द्र, बकुलहर रत्‍ननगर अस्पताल र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको अनुगमन गर्नुभएको छ ।

बुधबार अनुगमनका क्रममा मन्त्री श्रेष्ठले आयुर्वेद औषधि उत्पादनकेन्द्रले (जिएमपी. लेआउट) अनुसारको भवनको निर्माण र मेसिन जडान अन्तिम प्रक्रियामा रहेकोले छिटो काम सम्पन्न गरी औषधि उत्पादन गर्न साथै औषधि निर्माण गर्दा गुणस्तरलाई कम्प्रमाईज नगर्न निर्देशन दिनुभयो ।

उहाँले आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले प्रदान गरिरहेको सेवाको अनुगमन तथा निरीक्षण गर्नुभयो । चिकित्सालयमा जीवनशौली व्यवस्थापन र प्रवधानात्मक, प्रतिकारात्मक सेवा दिनको लागि उहाँले जोड दिनुभयो। उहाँले हाल बकुलहर रत्‍ननगर अस्पतालले प्रदान गरिरहेको सेवाको अनुगमन तथा निरीक्षण गर्नुभएको थियो । फार्मेसीहरुबाट पनि उपलब्ध हुने औषधिमा कुनै कम्प्रमाइज नगर्न मन्त्री श्रेष्ठले निर्देशन दिनुभयो । सःशुल्क फार्मेसीमा उपलब्ध हुने औषधिको लागि एउटा थप काउण्टर स्थापना गर्न मन्त्री श्रेष्ठले सुझाव दिनुभयो ।

त्यस्तै अस्पतालबाट उपलब्ध हुने सम्पूर्ण सेवाको शुल्कलाई कसरी कम र व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र सेवाग्राहीसँग छलफल गर्नुभएको थियो ।

डायलसिस सेवालाई थप विस्तार गरी २४ सै घण्टा संचालन गराउने व्यवस्था गर्न, अस्पताललाई मृगौला डाइलाइसिस ट्रेनिङ सेन्टर बनाउने गरी आगामी दिनमा बजेट व्यवस्था गर्ने बताउनुभयो । अस्पतालले ओपिडी सेवालाई बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गरेकोमा उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

साथै अस्पताललाई भविष्यमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग समन्वय गरेर मेडिकल शिक्षा पढाउने शैक्षिक संस्थाको रुपमा विकास गर्ने मन्त्री श्रेष्ठले बताउनुभयो । आगामी दिनमा अस्पतालमा मनोचिकित्सक वार्ड स्थापना गर्ने साथै आत्महत्या न्युनिकरणका लागि अस्पतालबाट विशेष जनचेतना कार्यक्रम गर्ने स्वास्थ्य मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित