बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीले लिए शपथ

दैनिक नेपाल २०८१ वैशाख ७ गते ६:५०

धनगढी, ७ वैशाख । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोडारीलाई बिहीबार साँझ पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

विसं २०७९ को निर्वाचनमा नेकपा (एकीकृत समाजवादी)बाट कैलाली निर्वाचन क्षेत्र ४ को प्रदेश सभा ‘क’ प्रदेश सभा सदस्यमा निर्वाचित सोडारी प्रदेश सभामा एकीकृत समाजवादी पार्टीको संसदीय दलका नेता हुनुहुन्छ ।

सोडारी नेकपा (एमाले), माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष पक्षधर सदस्य र स्वतन्त्र सदस्य डा. तारा जोशी समेतको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

प्रतिक्रिया
सम्बन्धित