बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

दैनिक नेपाल २०८१ वैशाख ६ गते १७:२६

जनकपुरधाम, ६ बैशाख । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद विस्तार गर्नुभएको छ । चौथो पटक विश्वासको मत लिएपछि मुख्यमन्त्री यादवले तीन मन्त्री र एक राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद्को विस्तार गर्नुभएको हो ।

नवनियुक्त मन्त्रीहरुमा भरत प्रसाद साह विनाविभागीय, युवराज भट्टराई उद्योग वाणिज्य तथा पर्यटन, बेची लुङ्गेली विनाविभागीय मन्त्रीको जिम्मेवारी प्राप्त गर्नुभएको छ भने शारदा थापाले गृह, सञ्चार तथा कानून मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।

साह र भट्टराई नेकपा माओवादी केन्द्रका हुनुहुन्छ भने लुङ्गेली एकीकृत समाजवादी र थापा नेकपा एमाले प्रदेश सभा सदस्य हुनुहुन्छ ।

नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिनुभएको छ भने राज्यमन्त्रीले मुख्यमन्त्री यादवबाट सपथ ग्रहण गर्नुभएको हो ।

प्रतिक्रिया
सम्बन्धित