२ श्रावण २०८३, शनिबार

संकल्प प्रस्तावको पक्षमा मतदान गर्न कोशीमा एमालेद्वारा ह्वीप जारी

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ बैशाख । नेकपा (एमाले) ले कोशी प्रदेशमा संकल्प प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । एमाले कोशी प्रदेश संसदीय दलको आज बसेको बैठकले ह्विप जारी गरेको हो ।

अल्पमतमा हुँदा पनि मुख्यमन्त्री केदार कार्कीले राजीनामा नदिनुभएपछि एमाले र माओवादी केन्द्रले संकल्प प्रस्ताव दर्ता गरेको थियो ।

संकल्प प्रस्तावमा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक र समर्थकमा माओवादीका सांसद गणेश उप्रेती र एमालेका सांसद किशोरचन्द्र दुलाल हुनुहुन्छ ।