बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

लुम्बिनीमा एमालेबाट को-को बन्दैछन् मन्त्री ?

दैनिक नेपाल २०८१ वैशाख ६ गते ११:४४

बुटवल, ६ वैशाख । नेकपा (एमाले)बाट लुम्बिनी प्रदेश सरकारमा पाँच जना मन्त्री बन्ने भएका छन् । सरकारको भागबण्डामा एमालेले पाँच मन्त्रालय पाएको हो ।

त्यस्तै माओवादी केन्द्रले मुख्यमन्त्रीसहित तीन मन्त्रालय पाउने सहमति भएको छ । त्यस्तै नाउपा, जसपा र स्वतन्त्र सांसदले एक-एक मन्त्रालय पाउने भएका छन् ।

यसैबीच एमालेले सरकारमा पठाउने पाँच मन्त्रीको नाम टुंगाएको छ । एमालेबाट चेतनारायण आचार्य यसअघि नै मन्त्री रहनुभएको छ र उहाँले अर्थ मन्त्रालयको जिम्मेवारी पाउनुहुने भएको छ ।

त्यस्तै भूमिश्वर ढकालले सहरी, दिनेश पन्थीले गृह, अर्जुनकुमार केसीले सामाजिक विकास र रत्न खत्रीले वन मन्त्रालयको जिम्मेवारी पाउनुहुने भएको छ ।

मुख्यमन्त्री जोखबहादुर महराले आजै ११ सदस्यीय मन्त्रिपरिषद बनाउँदै हुनुहुन्छ र बेलुकी ५ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया
सम्बन्धित