११ असार २०८३, बिहिबार

लुम्बिनीमा टुंगियो भागबण्डा, कुन दललाई कति मन्त्रालय ?

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, ६ वैशाख । लुम्बिनी प्रदेशमा आज सरकार विस्तार हुने भएको छ ।  चैत २३ गते मुख्यमन्त्री बन्नुभएका जोखबहादुर महराले अहिलेसम्म भागबण्डा मिलाउन नसक्दा सरकार विस्तार गर्न सक्नुभएको थिएन ।

सत्ता समीकरणमा रहेका दलहरुबीच भागबण्डा मिलेपछि मुख्यमन्त्री महराले आज सरकार विस्तार गर्दै ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी गर्नुभएको हो ।

भागबण्डामा एमालेले पाँच मन्त्रालय पाउने भएको छ भने माओवादी केन्द्रले मुख्यमन्त्रीसहित तीन मन्त्रालय पाउने सहमति भएको छ । त्यस्तै नाउपा, जसपा र स्वतन्त्र सांसदले एक-एक मन्त्रालय पाउने भएका छन् ।

कुन दलले कुन मन्त्रालय पाउने भन्ने अझै नटुंगिएको बताइएको छ ।