बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

देउवा निवासमा कांग्रेसका शीर्ष नेताहरूको बैठक

दैनिक नेपाल २०८१ वैशाख ६ गते ११:१५

काठमाडौं, ६ वैशाख । नेपाली कांग्रेसका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न र धारणा बनाउन बुढानिलकण्ठस्थित आफ्नै निवासमा बैठक बोलाउनुभएको हो ।

बैठकमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरू सहभागी छन् ।

सभापति देउवाको आह्वानमा आकस्मिकरुपमा बैठक बसेको एक नेताले जानकारी दिनुभयो ।

कांग्रेसले सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी)लाई समेटेर वैकल्पिक गठबन्धन बनाउने प्रयास गरेको थियो ।

बुधबार साँझमात्रै सभापति देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित