मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

सुहाङ उद्धेश्य बोकेर हिडेका वास्तविक उम्मेदवार हुन् : केपी ओली

दैनिक नेपाल २०८१ वैशाख ५ गते १५:५६

इलाम, ५ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम-२ मा बैशाख १५ गते उपनिर्वाचनको चुनावी सभामा सहभागी हुनुभएको छ ।

बुधबार इलाम-२ को मङ्गलबारेमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पुर्खाले स्वाधीन राखेको देशलाई सम्मान गर्ने बताउनुभयो । उहाँले देशलाई एकताबद्ध बनाएर सुशासन र विकास ल्याउन चाहेको धारणा राख्नुभयो ।

सुहाङको प्रशंसा गर्दै ओलीले गन्तव्य र उद्धेश्य बोकेर अगाडी बढेको युवा भएको बताउनुभयो । सुहाङ वास्तविक उम्मेदवार भएको उहाँको भनाइ छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार बनेका सुहाङ नेम्बाङले जातीय भेदभाव र सामाजिक विखण्डनले समृद्धिको बाटो छेक्ने बताउनुभएको छ । उहाँले इलामका जनताले आफ्ना बुवामाथि गरेको विश्वासलाई शिरमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित