मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेटवार्ता

दैनिक नेपाल २०८१ वैशाख ५ गते १०:१५

काठमाडौं, ५ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा गण्डकी प्रदेशको समग्र विकासका बारेमा केन्द्र सरकारले गर्नुपर्ने सहयोगका सबै पक्षहरूमा छलफल भएको मुख्यमन्त्री अधिकारीको सचिवालयले जानकारी दिएको छ ।

गत चैत २५ मा मुख्यमन्त्री नियुक्त हुनुभएका अधिकारीको नियुक्ति विवादमा रहेको छ । बहुमतसहित मुख्यमन्त्रीमा दाबी गर्नेक्रममा सभामुखलाई समेत समावेश गरेको भन्दै उहाँको नियुक्ति अहिले विवादमा रहेको छ ।

उहाँको नियुक्तिको विषयमा सर्वोच्च अदालतले वैशाख १० गते पूर्ण सुनुवाई गर्ने भन्दै दीर्घकालमा असर पर्ने कुनै निर्णय नगर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्चको अन्तिम फैसलापछि मात्र उहाँको सरकारको भविष्य तय हुने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित