मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

महावीर पुनको आत्मकथा बेचेर पाँच करोड आम्दानी

दैनिक नेपाल २०८१ वैशाख ५ गते १०:०५

काठमाडौं, ५ वैशाख । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आत्मकथा बेचेर पाँच करोड रुपैयाँ आर्जन गरेको बताउनुभएको छ ।

गत असोज २८ मा सार्वजनिक भएको ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक लिएर विभिन्न जिल्लामा बिक्रीका लागि पुगेका पुनले पछिल्लो १०० दिनमा ८४ हजार प्रति पुस्तक बिक्री भएको जानकारी गराउनुभएको छ । उहाँले पस्तकको बिक्रीबाट झन्डै पाँच करोड रुपैयाँ आर्जन गरेको सामाजिक सञ्जालबाट जानकारी दिनुभएको छ ।

उहाँले आफ्नो आत्मकथाको किताब बेचेर प्राप्त रकमबाट तीन दशकदेखि बन्द अवस्थामा रहेको वीरगञ्जस्थित कृषि औजार कारखानाको मर्मत सम्भार गर्ने बताउँदै आउनुभएको छ । विभिन्न २८ जिल्ला पुगेर पुस्तक बिक्री गर्नुभएका पुनको पुस्तकको मूल्य ७५० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया
सम्बन्धित