मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

आज इलामको मंगलबारेमा एमालेको चुनावी सभा, अध्यक्ष ओलीले सम्बोधन गर्नुहुने

दैनिक नेपाल २०८१ वैशाख ५ गते १०:००

इलाम, ५ वैशाख । नेकपा (एमाले)ले इलाम क्षेत्र नम्बर २ को आसन्न उपनिर्वाचनलाई लक्षित गरी आज यहाँ चुनावी सभा गर्दैछ ।

देउमाई नगरपालिकाको मंगलबारे बजारमा हुने चुनावी सभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सभालाई अध्यक्ष ओलीसहित उपाध्यक्ष रामबहादुर थापा बादल, सचिव योगेश भट्टराई र कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठलगायत केन्द्रीय, प्रदेश कमिटीका पदाधिकारीले सम्बोधन गर्नुहुने बताइएको छ ।

यहाँ एमालेबाट सुहाङ नेम्वाङ उम्मेदवार रहनुभएको छ । उहाँलाई नेकपा (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी र नेपाल परिवार दललगायतका पार्टीले समर्थन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित