मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

युएईमा भारी वर्षा : विद्यालय बन्द, घरबाटै काम गर्न आग्रह

दैनिक नेपाल २०८१ वैशाख ५ गते ८:५७

काठमाडौं, ५ वैशाख । भारी वर्षाले संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबी, दुबई र अल ऐन जस्ता सहरहरूमा बाढीको अवस्था सिर्जना गरेको छ।

मंगलबारदेखि सडक, रेल र उडान प्रभावित भएका छन् । यी सहरहरूमा कार्यालय र विद्यालयहरू बन्द गरिएका छन् । मानिसहरूलाई घरबाट काम गर्न भनिएको छ ।

युएईमा सोमबार १५ अप्रिल रातिदेखि पानी पर्न थालेको थियो । गएराति १२० एमएमभन्दा बढी पानी परेको थियो ।

बुधबार बिहान थप भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मानिसहरूलाई घरमै बस्न सल्लाह दिइएको छ ।

बहराइन, कतार र साउदी अरबमा भारी वर्षाका कारण पनि अवस्था खराब छ । ओमानमा भारी वर्षाका कारण १८ जनाको मृत्यु भएको छ ।

खाडी मुलुकमा मौसम बदली हुनुको मुख्य कारण दक्षिण–पश्चिमबाट बनेको न्यून चापीय प्रणाली हो ।

राष्ट्रिय मौसम विज्ञान केन्द्र (एनसीएम)ले २ दिन अघि युएई र साउदी अरबमा भारी वर्षा हुने भविष्यवाणी गरेको थियो । यस अवधिमा ६५ किलोमिटर प्रतिघण्टा हावाको गति रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दुबई, अबुधाबी र शारजाहमा पानीसँगै असिना पनि पर्न सक्ने युएईको राष्ट्रिय मौसम विज्ञान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित