मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

मधेशका मुख्यमन्त्री यादवले पाए चौथो पटक विश्वासको मत

दैनिक नेपाल २०८१ वैशाख ५ गते ६:३८

जनकपुर, ५  वैशाख  । मधेश प्रदेशका  मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ ।

मंगलबार मुख्यमन्त्री यादवले सदनमा पेश गरेको विश्वासको मत प्रस्तावमा प्रदेश सभाका ६१ जना सदस्यले पक्षमा मतदान गरेका छन् ।

सदनमा विपक्षीदलले सदनमा बहिस्कार गरेका कारण विपक्षमा भने शून्य मत परेको छ । मतदानमा प्रदेश सभाका ६१ जना प्रदेशसभा सदस्यहरू सहभागी भएका थिए ।

मुख्यमन्त्री यादवको पक्षमा बहुमत अर्थात् ५३ भन्दा बढी मत प्राप्त भएकाले सदनको विश्वास मुख्यमन्त्रीमाथि रहेको घोषणा सभामुख रामचन्द्र मण्डलले गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित