
काठमाडौं, ४ वैशाख । माछापुच्छ्रे बैंक लिमिटेडले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं. १२ स्थित नवनिर्मित बैंकको कार्यालय भवनको उद्घाटन गरेको छ ।
मंगलबार आयोजित एक औपचारिक कार्यक्रमका बीच कार्यालय भवनको सिद्धार्थनगर नगरपालिकाका मेयर ईश्तियाक अहमद खाँ तथा माछापुच्छ्रे बैंकका अध्यक्ष रोशन केसीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर खाँले माछापुच्छ्रे बैंकले आफ्नै नयाँ कार्यालय भवनबाट कार्य शुभारम्भ गरेको अवसरमा खुशी व्यक्त गर्दै बैंकलाई अझै उचाईमा लग्न बैंक सञ्चालक एंव व्यवस्थापन समितिलाई शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै बैंक सञ्चालक समितिका अध्यक्ष रोशन केसीले माछापुच्छ्रे बैंकले हरेक क्षेत्र र वर्गमा बैंकिङ सेवा पर्याउने लक्ष्यका साथ सेवा प्रदान गरिरहेको र लुम्बनी प्रदेशमा आफ्नै कार्यालय भवनबाट सेवा प्रदान गर्न पाउँदा हर्षित भएको बताउनुभयो । साथै बैंकले गुणस्तरिय सेवा प्रदान गर्नको लागि कुनैपनि कुरामा सम्झौैता नगर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
औपचारिक समारोहमा सिद्धार्थनगर नगरपालिकाका उपमेयर, रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल राष्ट्र बैंक लुम्बिनी प्रदेशका निर्देशक तथा उपनिर्देशक, सुरक्षा संयन्त्रका प्रमुख लगायत बैंक सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहका कर्मचारी एंव बैंकका कर्मचारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।









प्रतिक्रिया