मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

सिटिजन्स बैंकको वार्षिकोत्सवको अवसरमा छुटै छुटको योजना

दैनिक नेपाल २०८१ वैशाख ४ गते २१:२४

काठमाडौं, ४ बैशाख । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १६ औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरु सार्वजनिक गरेको छ ।

वैशाख ७ गतेको १६ औं वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले यहि वैशाख १ गते देखि वैशाख ३१ गते सम्म १ महिनाको लागि लागू हुनेगरि विभिन्न सेवा सुविधामा भारी छुट र क्यासब्यक, लगायतका योजनाहरु सार्वजनिक गरेको हो ।

सो योजना अन्तर्गत डेविटरक्रेडिट कार्ड प्रयोगकर्ताहरुले पस मेसिन र अनलाईन मार्फत १ हजार वा बढीको कारोबार गर्दा १७ प्रतिशत वा बढीमा १७० रुपैयाँ क्यासब्याक दिइने छ । यसैगरी सिटिजन्स स्माटबाट क्यु आर कोड मार्फत भुक्तानी गर्ने ग्राहकहरुको लागि ५ सय वा बढीको कारोबार गर्दा १७ प्रतिशत वा बढीमा १७० रुपैयाँ को क्यासब्याक प्रदान गरिने व्यवस्था गरिएको छ ।

डिजिटल भुक्तानीको अर्को माध्यम इ कम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधी भरमा इ कम कार्ड लिन चाहानुहुने ग्राहकहरुलाई सो कार्ड निःशुल्क रुपमा उपलब्ध गराउने बैंकले जनाएको छ ।

त्यसैगरि बैंकले यस योजना अवधिभर ग्राहकहरुका लागि निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था गरेको छ । साथै बैंकका निश्कृय मोबाईल बैंकिङ्ग ग्राहकहरुलाई योजना अवधिभर सेवा सक्रिय गर्दा एकमुष्ठ रु १५० छुट प्रदान गरिने समेत जानकारी बैंकले गराएको छ ।

प्रतिक्रिया
सम्बन्धित