२ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री प्रचण्ड र झलनाथ खनालबीच छलफल

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालबीच बालुवाटारमा छलफल भएको छ ।

छलफलमा मुख्यत सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वका विषयमा छलफल भएको जानकारी दिइएको छ । जसअनुसार खनालले सुदूरपश्चिमको नेतृत्व एकीकृत समाजवादीलाई दिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ ।

सुरूमा गठबन्धनमा सुदूरपश्चिमको नेतृत्व एकीकृत समाजवादीलाई दिने सहमति भएकोमा पछि फेरि नागरिक उन्मुक्ति पार्टीलाई दिने सहमति भएपछि एकीकृत समाजवादी रूष्ट बनेको थियो । जसअनुसार एकीकृत समाजवादीले कांग्रेस सम्मिलीत समीकरणलाई सहयोग गरेको थियो ।

प्रधानमन्त्रीसँगको छलफलपछि खनालले प्रधानमन्त्री एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन सहमत हुनुभएको बताउनुभयो । शीर्ष नेताहरू बसेर छलफल गरेर निष्कर्ष निकालिने सहमति भएको उहाँले जानकारी दिनुभयो ।