मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

सुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड, आज तोलामा एक हजार सात सयले बढ्यो 

दैनिक नेपाल २०८१ वैशाख ४ गते ११:५०

काठमाडौं, ४ वैशाख । स्थानीय बजारमा सुनको मूल्य आज प्रतितोला एक हजार सात सयले उकालो लागेर कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन सोमबारको तुलनामा रु एक हजार सात सयले उकालो लागेर एक लाख ३९ हजार दुई सय निर्धारण भएको छ । तेजाबी सुन आज प्रतितोला एक लाख ३८ हजार पाँच सय ५० निर्धारण भएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ५० निर्धारण भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित