मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

गहवामाईको निशानसहितको डोली यात्राको तयारी पूरा

दैनिक नेपाल २०८१ वैशाख ४ गते ९:०८

वीरगञ्ज, ४ वैशाख । गहवामाईको निशानसहितको प्रथम डोली यात्राको तयारी पूरा भएको छ ।

माईस्थान सञ्चालक समितीका अध्यक्ष नरेन्द्र कुमार साहका अनुसार माताको निशानसहितको डोलीलाई अपरान्ह ४ बजे नगर परिक्रमा गराइने छ । डोली यात्रा सुरुहुनुअघि दिनको २ बजे देखि २ घण्टा डोलीको पूजाआजा गरी ४ बजे देखि यात्रा सुरु गरी ६ बजे भित्र मन्दिर परिसरमा पुगि समापन गर्ने कार्यक्रम रहेको उहाँले जानकारी गराउनुभएको छ ।

साथै सम्पूर्ण भक्तजनलाई बढी मात्रामा सहभागी भएर यात्रा सफल गरिदिन अध्यक्ष साहले आग्रह गर्नुभएको छ

डोली यात्रा मन्दिरबाट शुभारम्भ भएर २ नम्बर रोडबाट हुँदै गणेशमान चोक, बिर्तामाई मन्दिर, अलखिया मठ, महावीर मन्दिर, घण्टाघर हुँदै श्रीगहवामाई मन्दिर प्राङ्गणमा समापन हुने महासचिव विजयकुमार उपाध्यायले बताउनुभयो । माताको यस यात्रामा चन्दा नउठाइकन इच्छुक दाता र भक्तजनको सहयोगमा पहिलो निशानसहितको डोलि यात्रा हुन गइरहेको छ ।

डोली निर्माण तथा यात्रा कार्यक्रममा करिब ८ लाख खर्च हुने अनुमान गरिएको छ । करिब १० दिन लगाएर तयार गरिएको डोलीको लागत मात्रै डेढ लाख रुपैयाँ रहेको समितीका अध्यक्ष साहले बताउनुभएको छ । दिल्लीबाट विशेष कालीगढ बोलाएर माताको पहिलो निशानसहितको डोलीको तयारी गराइएको माईस्थान सञ्चालक समितिले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित