मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

सनराइजर्सले तोड्यो आफ्नै किर्तिमान, बैंगलुरु २५ रनले पराजित

दैनिक नेपाल २०८१ वैशाख ४ गते ७:५०

काठमाडौं, ४ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा सनराइजर्सले बैंगलुरुलाई २५ रनले पराजति गरेको हो ।

सनराइजर्सले दिएको कीर्तिमानी २८८ रनको लक्ष्य पछाएको बैंगलुरुले २० ओभरमा ७ विकेट गुमाउँदै २६२ रन बनाएको थियो । बैंगलुरुका लागि दिनेश कार्तिकले ३५ बलमा ८३ तथा कप्तान फाफ डु प्लेसिसले ६२ रन बनाएका थिए ।

यसअघि सनराइजर्सले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ३ विकेट गुमाउँदै २८७ रन बनाएको थियो ।

सनराइजर्सका लागि ट्राभिस हेडले १०२ तथा हेइनरिक क्लासेनले ६७ रन बनाएका थिए ।

यो आईपीएलको इतिहासमा अहिलेसम्म बनेको सबैभन्दा धेरै रन हो । सनराइजर्सले यसअघि यसै सिजनमा मुम्बई इन्डियन्सविरुद्ध आफैले बनाएको २७७ रनको रेकर्ड तोडेको थियो ।

यो जितपछि सनराइजर्सको ६ खेलमा ४ जितसहित ८ अंक भएको छ र अंकतालिकामा चौथो स्थानमा रहेको छ ।

त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुको भने यो यस सिजनमा छैटौं हार हो । ७ खेलमा एक जितसहित २ अंक लिएर बैंगलुरु पुछारमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित