मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

बढ्यो डलर, युरो र पाउण्डको भाउ, यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

दैनिक नेपाल २०८१ वैशाख ४ गते ७:४२

काठमाडौं, ४ वैशाख । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २३ पैसा र बिक्री दर १३३ रुपैयाँ ८३ पैसका दरले कारोबार भइरहेको छ । डलर एकको खरिद दर १३३ रुपैयाँ १७ पैसा र बिक्री दर १३३ रुपैयाँ ७७ पैसा रहेको थियो ।

त्यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ०२ पैसा र बिक्री दर १४२ रुपैयाँ ६६ पैसा रहेको पुगेको छ । सोमबार एक यूरोको विनिमय मूल्य १४१ रुपैयाँ ७३ पैसा र बिक्री मूल्य १४२ रुपैयाँ ३७ पैसा तोकिएको थियो ।

यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ४२ पैसा र बिक्री दर १६७ रुपैयाँ १७ पैसा पुगेको छ । सोमबार पाउण्ड एकको १६५ रुपैयाँ ८२ पैसा र बिक्री दर १६६ रुपैयाँ ५६ पैसा रहेकामा आइतबार १६६ रुपैयाँ १२ पैसा खरिददर तोकिदा बिक्री दर १६६ रुपैयाँ ८७ पैसा रहेको थियो ।

आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित