मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

एमाले अध्यक्ष ओली इलाम जाँदै

दैनिक नेपाल २०८१ वैशाख ४ गते ७:२२

काठमाडौं, ४ वैशाख । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्ती केपी शर्मा ओली आज मंगलबार इलाम जाँदै हुनुहुन्छ ।

मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उहाँले आफू इलाम जान लागेको जानकारी दिनुभएको हो ।

अध्यक्ष ओलीले आजको बसाइ इलाममा हुने उल्लेख गर्नुभएको छ । उहाँले त्यहाँको बसाइमा इलाम-२ का एमाले उम्मेदवार सुहाङ नेम्वाङसँगै हुने पनि जानकारी दिनुभएको छ ।

‘आज म इलाम जाँदै छु । आजको बसाइ त्यतै हुने छ । इलाम-२ का उम्मेदवार सुहाङ नेम्वाङ सँगै हुने छु ।’ अध्यक्ष ओलीले फेसबुकमा लेख्नुभएको छ ।

इलाम-२ मा यही वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।

यहाँ एमालेबाट सुहाङ नेम्वाङ उम्मेदवार हुनुहुन्छ । सुहाङ चुनावी अभियानअन्तर्गत घरदैलो अभियानमा हुनुहुन्छ ।

इलाम-२ मा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) लगायतका कम्युनिष्ट घटकहरुले एमालेका सुहाङलाई समर्थन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित