११ असार २०८३, बिहिबार

गड्डाचौकी र ब्रह्मदेव नाका ३ दिन बन्द हुने

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, ४ वैशाख । कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका आज मंगलबारदेखि तीन दिन बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै भारतको उत्तराखण्ड प्रदेशसँग जोडिएका गड्डाचौकी र ब्रह्मदेव नाका साँझ सवा पाँच बजेदेखि बन्द हुने जानकारी दिएको हो ।

‘उत्तराखण्ड चम्पावत जिल्लासग जोडिए दुई नाका मंगलबार साँझ सवा पाँच बजेदेखि बन्द हुने भएको छ ।’ कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले भन्नुभयो, ‘भारतमा लोकसभा निर्वाचन हुने भएकाले चम्पावत जिल्लाअन्तर्गत प्रथम चरणको मतदान हुने भएकाले नाका गरिँदै छ ।’