सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

गण्डकी प्रदेशमा आज सार्वजनिक विदा

दैनिक नेपाल २०८१ वैशाख ४ गते ६:०२

कास्की, ४ वैशाख । गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक विदा दिएको छ ।

चैत्र शुक्ल अष्टमी (चैते दसैँ)का अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक विदा हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना प्रकाशित गरी जानकारी दिएको हो ।

मन्त्रिपरिषद्को गत चैत ९ गतेको बैठकले गण्डकीमा विभिन्न चाडपर्व तथा दिवसमा विदा दिने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्ले गरेको विदाको निर्णय प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित