मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

सेती नदीको खोँचबाट गोताखोरले निकाले युवकको शव

दैनिक नेपाल २०८१ वैशाख ४ गते ५:४८

पोखरा, ४ वैशाख । यही वैशाख १ गतेबाट हराइरहेका एक युवकको शव सशस्त्र प्रहरी बलको गोताखोरले सेती नदीको खोँचबाट निकालेका छन् ।

सेती नदीको १५० मिटर गहिराइमा ढुंगामा अड्किएको अवस्थामा युवकको शव सोमबार सशस्त्र प्रहरी बलको गोताखोर टोलीले निकालेको हो ।

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका-१ करुवा बस्ने २५ वर्षका युवक वैशाख १ गतेदेखि हराएका थिए ।

प्रतिक्रिया
सम्बन्धित