मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

स्नो याक फाउन्डेसनलाई सिटिजन्स बैंकको १ लाख रुपैयाँ सहयोग

दैनिक नेपाल २०८१ वैशाख ३ गते २१:१६

काठमाडौं, ३ वैशाख । सिटिजन्स बैंक इन्टरनेसनलले स्नो याक फाउन्डेसनलाई एक लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

बैंकले आफ्नो स्थापनाको १७औँ वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालभरका पिछडिएका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने स्नो याक फाउन्डेसनलाई सहयोग गरेको हो ।

बैंकले १७औँ वार्षिकोत्सव वैशाख ७ गते मनाउँदै छ । बैंकले एक समारोहकाबीच एक लाख रुपैयाँको चेक संस्थाका सञ्चालक मणिराज शर्मालाई हस्तान्तरण गरेको हो ।

बालबालिकाहरूको उज्ज्वल भविष्यको परिकल्पना गर्दै स्नो याक फाउन्डेसनले विगत एक दशकभन्दा बढी समय गुणस्तरीय शिक्षामा विद्यार्थीको पहुँच बढाउन समर्पित रहेर काम गर्दै आएको छ ।

हाल फाउन्डेसनले ५०० बालबालिकालाई शिक्षा प्रदान गरिरहेको छ ।

बैंकले हरेक वर्ष आफ्नो वार्षिक उत्सवको अवसरमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो वार्षिक कार्यतालिका अनुसार सहयोग रकम हस्तान्तरण गरेको हो । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको जानकारी गराएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ ईकाईहरुबाट १७ लाख ४६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंकले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित