२ कार्तिक २०८३, सोमबार

दिगो ग्रुपले जडान गर्‍यो साझा यातायातमा ११ वटा विद्युतीय चार्जर

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ वैशाख । दिगो ग्रुपले साझा यातायातको ४० वटा विद्युतीय गाडी सँगसँगै ११ वटा चार्जरको जडान गरेको छ । साझा चार्जिङ डिपो नाम दिएर तयार पारिएको स्टेशन साझा यातायातले मंगलबारबाट विधिवत् रुपमा सञ्चालनमा ल्याएको छ।

साझा यातायातले हाल खरिद गरेको विद्युतीय गाडीको निर्माता चीनको कम्पनि सिएचटिसीले साझालाई बधाई दिँदै वैकल्पिक उर्जाप्रति लिएको यस कदमलाई प्रोत्साहन गरेर चिठ्ठी सार्वजनिक गरेको छ । सिएचटिसीले चिठ्ठीमा नेपालको सार्वजनिक यातायातमा यस पाइलाले ठूलो परिवर्तन ल्याउने व्यक्त गरेको छ । सँगसँगै यस परियोजना सफलतापूर्ण सम्पन्न गरेकोमा सिएचटिसीले आफ्नो अधिकारिक वितरक दिगो ग्रुपलाई बधाई व्यक्त गरेको छ ।

चार्जरको उद्घाटन समारोहमा उपस्थित दिगो ग्रुपका अध्यक्ष्य राजन रायमाझीले साझा यातायातले सफा उर्जा प्रति लिएको कदमले आफू खुशी भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशको उन्नति र प्रगतिका लागि विद्युतीय गाडी र जलविद्युत बरदान हुन् । सार्वजनिक यातायातले ठूलो मात्रामा डिजेलको खपत गर्छन जसका कारणले प्रदूषण पनि धेरै गर्दछन् । यसलाई रोक्नलाई सबै निकायले साझा यातायातले वैकल्पिक उर्जाप्रति लिएको यस ठूलो कदमबाट प्रेरणा लिनुपर्छ ।’

साझा यातायातले सञ्चालन गर्ने सिएचटिसी ब्रान्डका विद्युतीय गाडी कम्पनीको नेपालका लागि अधिकारिक वितरक दिगो ग्रुप हो । दिगोले विद्युतिय गाडीको बिक्री, वितरण र सर्विस मात्र नभई चार्जरको बिक्री, वितरण र सर्विसमा, विद्युतिय गाडी भाडामा दिने साथै राजमार्गमा रेस्ट स्टप सञ्चालन गर्ने पनि काम गर्दै विद्युतिय गाडीको सम्पूर्ण इकोसिस्टममा काम गर्छ ।

दिगोले भर्खरै सिएचटिसीसँग दीर्घकालीन सम्झौता नवीकरण गरेको बताउँदै सिएचटिसी ब्रान्डका माइक्रोबस, मिनीबस तथा बसहरु जस्ता विविन्न विद्युतिय गाडीहरुसमेत नेपाली बजारमा ल्याउने तयारी गरिरहेको जानकारी दिएको छ ।