मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

शिवम् सिमेन्ट सर्वाधिक बिक्री हुने ओपिसी सिमेन्ट बन्न सफल

दैनिक नेपाल २०८१ वैशाख ३ गते २०:३०

काठमाडौं, ३ वैशाख । शिवम् सिमेन्टले नेपाली सिमेन्ट जगतमै इतिहास रच्दै सर्वाधिक १३.३१ करोड बोरा ओपिसी सिमेन्ट बिक्री गर्न सफल भएको छ ।

अत्याधुनिक प्रविधि र दशकौँको अनुभवका साथ आफ्नै खानीको चुन ढुंगाबाट निर्मित उच्च गुणस्तरीय ओपिसी सिमेन्ट उत्पादन गर्दै आफ्ना ग्राहक उपभोक्ताको विश्वास र भरोसा जित्न सफल शिवम् सिमेन्ट सर्वसाधारणको लागि सेयर जारी गर्ने नेपालको पहिलो सिमेन्ट कम्पनी हो ।

शिवम् सिमेन्टले ४३ र ५३ ग्रेडमा ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ । शिवम् सिमेन्ट एनएस क्वालिटी अवार्ड २०१९ प्रथमबाट सम्मानित नेपालकै पहिलो सिमेन्ट कम्पनी पनि हो ।

शिवम् सिमेन्टले नयाँ वर्ष २०८१ का अवसरमा आफ्ना सम्पूर्ण नेपाली दाजुभाई र दिदीबहिनीका साथ साथै उपभोक्ता, बिक्रेता, सेयरधनी, नियामक निकाय तथा शुभचिन्तकहरुमा शुभकामना सन्देश जारी गर्दै कम्पनीको प्रगति र सफलताको हरेक कदममा पाएको अटुट साथ, सहयोग र भरोसाका निम्ति कृतज्ञता ज्ञापन गरेको छ । साथै आगामी दिनमा निरन्तर गुणस्तरीय उत्पादन मार्फत यस सम्बन्धलाई थप उचाइतर्फ लैजाने प्रतिबद्धता समेत कम्पनीले जनाएको छ ।

सन् २००३ मा मकवानपुरको हेटौंडामा स्थापित शिवम् सिमेन्ट उद्योगले स्थानीय उच्च गुणस्तरीय चुनढुंगाको प्रयोग गरी दैनिक ३००० टन ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ । स्थापनाकालदेखि नै निरन्तर गुणस्तरीय ओपिसी सिमेन्ट मात्र उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको शिवम् गुणस्तरकै कारण लाखौं ग्राहकहरूको पहिलो रोजाइमा पर्दै आइरहेको कम्पनीको दाबी छ ।

‘भरोसा अटुट सम्बन्धको’, ‘क्वालिटीको मामिलामा नो कम्प्रमाइज’, ‘गुणस्तरको पहिचान हो शिवम्’, ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौं’ जस्ता मूल नारासहित शिवम् सिमेन्टले गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्रीपछिको प्राविधिक सेवा दिँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित