मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

सुरूङभित्रै सोफा र कार्पेट !

दैनिक नेपाल २०८१ वैशाख ३ गते १६:०४

काठमाडौं, ३ बैशाख । नेपाललाई सुरुङ युगमा लैजाने महत्वपूर्ण आयोजनाका रुपमा रहेको नागढुङ्गा सुरुङमार्ग छिचोलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज स्वीच थिचेर सुरुङ छिचोल्नुभएको हो ।

समारोहमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलगायतका उच्च अधिकारीको उपस्थिति थियो । यस्तै सङ्घीय सांसद एवं प्रदेश सांसदहरुको उपस्थिति थियो ।

यसैबीच, सुरूङमार्ग ब्रेक ‘थ्रु’ का क्रममा लाजमर्दो दृश्य पनि देखिएको छ । प्रधानमन्त्रीसहित उच्च पदस्थका लागि सुरूङभित्रै सोफा र रातो कार्पेट ओछ्याइएको थियो । जुन अत्यन्तै अशोभनीय देखिएको थियो ।

सुरूङभित्रै प्रधानमन्त्रीसहित उच्च पदस्थका लागि सोफा र कार्पेट ओछ्याइएको विषयमा अहिले सामाजिक सञ्जालमार्फत चौतफी आलोचना भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित