मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

एमालेले दल छानेर मात्र एकता गर्ने

दैनिक नेपाल २०८१ वैशाख ३ गते १४:५८

काठमाडौं, ३ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकताको चर्चामाथि प्रश्न उठाउँदै अहिले त्यसको आवश्यकता नपरेको धारणा ब्यक्त गर्नुभएको छ ।

आज बिहान एमालेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले वामपन्थी एकताले नयाँ गठबन्धनको सरकार पनि नबन्ने र त्यसले देश पनि नचल्ने भनेर टिप्पणी गर्नुभएको हो । वामपन्थी एकताको बिषय आफ्नो सरोकारको भएको बताउँदै अध्यक्ष ओलीले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने काम आफूले बुझेको स्पष्ट पार्नुभयो ।

वामपन्थी एकताको महत्व बुझेरै त्यसको विस्तार र एकताबाट संसदमा दुई तिहाइको अवस्थामा दललाई पु¥याएको उहाँको भनाई थियो । त्यसलाई तोडेकाले वामपन्थी एकताको आन्दोलन कमजोर भएको अध्यक्ष ओलीको गुनासो थियो ।

ओलीले भन्नुभयो, ‘अहिले भने सुशासन समृद्धिको बाटोतर्फ अघि बढ्ने, नराम्रो काम नगर्ने भनेर प्रतिबद्धता जनाउने राष्ट्रिय शक्तिको एकता आवश्यक छ । आज वामपन्थी एकता भन्ने कुराले न सरकार बन्छ, न देश चल्छ ।’

ओलीले कटाक्ष गर्दै भन्नुभयो, ‘वामपन्थी भन्ने, भोट चाहीँ कांग्रेसलाई हाल्नेहरुसँग एकता गरेर पार्टी बलियो हँुदैन, यस्ता शक्तिहरुसँग एकता गरेर पार्टी बलियो हुन्छ भन्ने भ्रम कसैले राख्नुहुँदैन । पार्टी बलियो बनाउन संगठन विस्तार गर्नुपर्छ, सुदृढ गर्नुपर्छ ।’

एमालेले एकता नै गर्दैन भन्ने अर्थ नलागोस् भन्दै ओलीले भन्नुभयो,‘एकता परेका बखत गर्छौं, तर छानेर ।’

प्रतिक्रिया
सम्बन्धित