मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

ओलीले शिलान्यास गरेको नागढुंगा सुरुङमार्ग आज ‘ब्रेक थ्रु’ हुँदै

दैनिक नेपाल २०८१ वैशाख ३ गते १२:५५

काठमाडौं, ३ बैशाख । नेपालको पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को मुख्य टनेल ‘ब्रेक थ्रु’ आज हुँदैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिउँसो एक बजे स्विच थिचेर ब्लास्टिङ गरेर सुरुङमार्ग ब्रेक थ्रु गर्नुहुनेछ । दुई हजार ६ सय ८८ मिटरको मुख्य सुरुङमार्गमा अब दुई मिटर खण्ड मात्रै खन्न बाँकी छ । यो परियोजनामा रेस्क्यु र मुख्य गरेर दुई टनेल छन् । दुई हजार पाँच सय ५७ मिटरको रेस्क्यु टनेल २२ साउनमा ‘ब्रेक थ्रु’ भइसकेको थियो ।

मुख्य टनेल भने आज ब्रेक थ्रु गर्न लागिएको हो । ब्रेक थ्रु समारोहमा नेपाल सरकार, नेपालस्थित जापानिज दूतावास, ऋण सहयोग गर्ने जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र जापानिज निर्माण कम्पनी हाजमा एन्डो कर्पोरेसनलगायत निकायका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति हुनेछ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको पहिलो सडक सुरुङमार्गको २०७६ साल कात्तिक ४ गते शिलान्यास गरेपछि निर्माण थालिएको थियो । आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यू टनेल’ भने गत साउनमै छिचोलिसकेको छ।

चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार छ सय ६७ मिटर रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित