सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादी चरित्र देखायो : केपी शर्मा ओली

दैनिक नेपाल २०८१ वैशाख ३ गते १२:४१

काठमाडौं, ३ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीले नांगो रुपमा दक्षिणपन्थी अवसरवादी चरित्र देखाएको आरोप लगाउनुभएको छ ।

एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशको घटनाक्रमलाई उदृत गर्दै एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादी चरित्र प्रकट गरेको आरोप लगाउनुभएको हो ।

अध्यक्ष ओलीले सुदूरपश्चिममा एकीकृत समाजवादीले अराजनीतिक निर्णय गरेको बताउनुभयो । एकीकृत समाजवादीले आन्तरिक रुपमा बार्गिनिङ गरिरहेको बताउदै आइतबार बाहिर नै प्रकट गरेको उहाँले टिप्पणी गर्नुभयो ।

ओली आफ्नो सम्बोधनमा एकीकृत समाजवादीप्रति आक्रामक रुपमा प्रस्तुत हुनुभएको थियो । उहाँले एकीकृत समाजवादीले कम्यनिष्ट साइन बोर्ड राखेर काम चाहीँ समाजवादको पक्षधरलाई कमजोर पार्न लागेको धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित