
मकवानपुर, ३ वैशाख । मकवानपुरमा गैंडाको आक्रमणबाट एक जना घाइते भएका छन् ।
गैंडाले आक्रमण गर्दा जिल्लाको मनहरी गाउँपालिका-७ का ३२ वर्षीय रमेश बोटे घाइते हुनुभएको प्रहरीले जनाएको छ ।
आज बिहान मनहरी खोला नजिकै रहेको आफ्नै खेतमा पानी लाउन गएको बेला उहाँलाई गैंडाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उहाँलाई उपचारको लागि मनहरी अस्पतालमा ल्याइएकोमा थप उपचारको लागि भरतपुर अस्पतालमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।









प्रतिक्रिया