२५ कार्तिक २०८३, बुधबार

२४ सै घण्टा सत्ता स्वार्थमा लाग्दा देश तहसनहस हुँदैछ : भीम रावल

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ वैशाख । नेकपा (एमाले)का नेता भीम रावलले चौबिसै घण्टा सत्ता स्वार्थमा लागेर देश तहसनहस बनेको टिप्पणी गर्नुभएको छ ।

सोमबार बिहान सामाजिक सञ्जालमा लेख्दै नेता रावलले देशका गम्भीर समस्या बारे चिन्तन र छलफलको साटो सत्ताको स्वार्थ, भागबण्डा र गुटबन्दीमा दलका नेता लाग्नुले देश तहसनहस बनेको बताउनुभएको छ ।

उहाँले भन्नु्भएको छ, ‘देशमा राजनीतिक, आर्थिक, सांस्कृतिक र राष्ट्रिय सुरक्षा सम्बन्धी गम्भीर समस्या छन् । यस्ता विषयमा चिन्तन र छलफलको साटो बाह्रैमास, चौबिसै घण्टा सत्ता स्वार्थ, भागबण्डा र गुटबन्दीमा दलका नेता लाग्नु र राष्ट्रिय राजनीति बहकिनु दुःख र चिन्ताको विषय हो । यस्तो चालाले देश तहसनहस हुन्छ ।’