१५ असार २०८३, सोमबार

एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा उमेश खड्का निर्वाचित

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ वैशाख । नेकपा (एमाले) दोलखा–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा उमेश खड्का निर्वाचित हुनुभएको छ ।

चैत २६ गते उद्घाटन भएको १२औँ सम्मेलनअन्तर्गत गत मंगलबार सम्पन्न निर्वाचनबाट खड्का १९८ मतका साथ निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी भगवान न्यौपानेले १२३ मत प्राप्त गर्नुभयो ।  खड्का यसअघि कमिटीको सचिव र पराजित हुनुभएका न्यौपाने उपाध्यक्ष हुनुहुन्थो ।

यसैगरी,, नवनिर्वाचित कमिटीको उपाध्यक्षमा रिखी बुढाथोकी र महिला उपाध्यक्षमा सरिता शिवाकोटी निर्विरोध निर्वाचित हुनुभएको छ भने सचिवमा नारद खड्का निर्वाचनमार्फत निर्वाचित हुनुभएको छ । खड्काले १९६ मत प्राप्त गरी विजयी हुँदा उहाँका प्रतिस्पर्धी रवीन्द्र खड्काले १२२ मत प्राप्त गर्नुभयो ।

कमिटीको उपसचिवमा मोतीलाल मोक्ता र महिला उपसचिवमा कविता फुयाँल निर्विरोध निर्वाचित हुनुभएको छ ।

यसैगरी, कोषाध्यक्षमा केशव आचार्य निर्वाचित हुनुभएको छ । उहाँले १७५ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी सञ्जीव थापाले १३९ मत पाउनुभयो ।

त्यसैगरी, भूगोलबाट प्रतिनिधित्व गर्ने सबै सदस्यहरू निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत सरोज मोहन लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार भूगोलतर्फका सदस्यहरूमा सन्तोष प्रधान (भीमेश्वर नगरपालिका), पुरुषोत्तम खरेल (कालिञ्चोक गाउँपालिका), सूर्य जीसी (बिगु गाउँपालिका), अनिल खड्का (गौरीशंकर गाउँपालिका), टहल बहादुर खड्का (वैत्येश्वर गाउँपालिका), पूर्णबहादुर खत्री (जिरी नगरपालिका), पुष्कर केसी (तामाकोशी गाउँपालिका), राजु कार्की (मेलुङ गाउँपालिका) र सुरज बस्नेत (शैलुङ गाउँपालिका) निर्वाचित हुनुभएको छ ।

यस्तै, समावेशी सदस्यतर्फ आदिवासी जनजातीबाट देवेन्द्र भुजेल र जीवन थोकर, महिलाबाट प्रमिला साह शंकर, यमुनादेवी दाहाल पोखरेल, लक्ष्मी नेपाली, लक्ष्मी खड्का र माया खड्का निर्विरोध निर्वाचित हुनुभएको छ । दलित सदस्यतर्फ लजुना नेपाली निर्विरोध निर्वाचित हुनुभएको छ । खुला सदस्यतर्फ शिवकुमार चौलागाईँ र रोशन खड्का निर्वाचनमार्फत निर्वाचित हुँदा अल्पसंख्यक सदस्यतर्फ कसैको पनि उम्मेदवारी नपरेको निर्वाचन अधिकृत लामाले जानकारी दिनुभएको छ । यो पदलाई मनोनीतबाट पूर्णता दिइने बताइएको छ ।

निर्वाचन अधिकृत लामाका अनुसार निर्वाचित कमिटीले आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।