बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो र पाउण्ड घट्यो

दैनिक नेपाल २०८१ वैशाख ३ गते ८:२८

काठमाडौं, ३ वैशाख । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १७ पैसा र बिक्री दर १३३ रुपैयाँ ७७ पैसा रहेको छ। आइतबार पनि सोही भाउमा अमेरिकी डलरको खरिद बिक्री भएको थियो ।

त्यसैगरी, सोमबार युरो एक रुपैयाँ १९ पैसाले घटेको छ । आज युरो एकको खरिददर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३७ पैसा रहेको छ । आइतबार भने यसको खरिददर १४१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५६ पैसा तोकिएको थियो ।

आज बेलायती पाउन्ड ३१ पैसाले घटेर सोमबार पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ८२ पैसा र बिक्री दर १६६ रुपैयाँ ५६ पैसा तोकिएको छ । यसअघि आइतबार पाउन्ड एकको खरिददर १६६ रुपैयाँ १२ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८७ पैसा थियो ।

त्यसैगरी सोमबारको लागि अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ०९ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४८ पैसा कायम गरिएको छ । सोमबार क्यानेडियन डलर एकको खरिद दर भने ९६ रूपैयाँ ६८ पैसा र बिक्रीमा ९७ रूपैयाँ ११ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ६९ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ७३ पैसा रहेको छ ।

चाइनिज युआन एकको खरिद दर १८ रूपैयाँ ४० पैसा तथा बिक्री दर १८ रूपैयाँ ४८ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६५ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६९ पैसा कायम गरेको जनाइएको छ ।

यसैगरी, सोमबार कतारी रियाल एकको खरिद मूल्य ३६ रूपैयाँ ५२ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६९ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रूपैयाँ ५० पैसा र बिक्री मूल्य ३५ रूपैयाँ ६६ पैसा, युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ २६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४२ पैसा तथा मलेसियन रिंगिट एकको खरिद दर सोमबार २७ रूपैयाँ ९२ पैसा र बिक्री दर २८ रूपैयाँ ०४ पैसा कायम गरेको छ ।

यसैगरी, आजको लागि कुवेती दिनार एकको खरिद दर ४३२ रुपैयाँ १६ र बिक्रीदर ४३४ रुपैयाँ ११ पैसा निर्धारण भएको छ । बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ २४ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ ।

प्रतिक्रिया
सम्बन्धित