
भक्तपुर, ३ वैशाख । भक्तपुरमा जिल्लामा लामो समयदेखि पत्रकारिता सक्रिय पत्रकार हेमराज ढकाल सम्मानित हुनुभएको छ ।
औद्योगीक शान्ति नेपाल संस्थाले आयोजना गरेको आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सवको अवसर ढकाललाई सम्मान गरेको हो । काभ्रेमा जन्मिएर कर्मथलो भक्तपुर बनाउनुभएका पत्रकार ढकाल जिल्लामा करिब डेढ दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ।
विगतका समदूरी साप्ताहिक, सौर्य दैनिक, रातोपाटी डटकम हुँदै हाल नयाँ नेपाल न्युजको कार्यकारी सम्पादक रहनुभएका ढकाललाई नगद रु. ५ हजारसहित सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेव थापाले सम्मान गर्नुभएको हो ।
नेपाल पत्रकार महासंघ भक्तपुरका सहसचिव समेत रहनुभएका ढकाल, प्रेस चौतारी भक्तपुरका अध्यक्ष र राष्ट्रिय सञ्चार केन्द्रका सचिव समेत हुनुहुन्छ ।
कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा उत्कृष्ट रहेका खेलाडीहरुलाई समेत सम्मान गरिएको छ ।
नगरप्रमुख थापाले भलिबल खेलका प्रशिक्षक तथा पूर्वखेलाडी उत्सव खड्का, नेपाल पुलिस क्लब महिला भलिबल टिमका प्रशिक्षक रुपेश विष्ट र भारत्तोलन खेलाडी लक्ष्मी वनलाई सम्मान गर्नुभएको हो । खेलाडीहरुलाई जनही नगद रु.५ हजारसहित सम्मान गरिएको महोत्सवका संयोजक दीपक थापाले जानकारी दिनुभयो ।

गत चैत २२ गतेदेखि जारी महोत्सव आइतबार समापन भएको हो । महोत्सवमा करिब ८ करोड बराबरको कारोबार भएको संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो ।








प्रतिक्रिया