१ असार २०८३, सोमबार

महालक्ष्मी विकास बैंकद्वारा सेयर लगानीकर्ता लक्षित नयाँ बचत खाता सञ्चालनमा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ बैशाख । महालक्ष्मी विकास बैंकले नयाँ वर्ष अवसरमा सेयरलगानीकर्ताहरुलाई सबै सुविधा एकै खाता मार्फत प्रदान गर्ने उद्देश्यका साथ महालक्ष्मी इन्भेष्टर्स सेयर सेभिङ्ग खाता (अल इन वान) सञ्चालनमा ल्याएको छ।

यस खाता अन्तर्गत बचतकर्ताले बचत खाता, डिम्याट खाता, मेरो सेयर, सि– आश्वा तथा टिएमएस खाताको सुविधा एकै खाता मार्फत लिन सक्नुहुनेछ ।

शून्य मौज्दातमै खोल्न सकिने यस खातामा डिम्याट खाता तथा टिएमएस खाता निशुल्क खोल्नुका साथै मेरो सेयर तथा सि–आश्वा दर्ता गर्न पनि शूल्क लाग्ने छैन। टिएमएस खाताको लागि विभिन्न स्टक ब्रोकर कम्पनीहरुसँग आवश्यक सहकार्य समेत बैंक आफैंले गर्नेछ।

यसबाट सेयर लगानीकर्ताहरुको स्टक ब्रोकर कम्पनीहरुसँगको पहुँचमा वृद्धि हुनुका साथै समयको बचत हुने विश्वास बैंकले लिएको छ।