२६ असार २०८३, शुक्रबार

नाउपाका दुई सांसदको मुख्यमन्त्रीमा दावी, अब के हुन्छ ?

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २ बैशाख । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई सांसदले दाबी पेस गर्नुभएको छ ।

प्रदेश प्रमुख नाजिर मियाँले समय दिएको अन्तिम दिन नाउपाका लक्ष्मणकिशोर चौधरी र कैलास चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो । लक्ष्मणकिशोरले नाउपाका संरक्षक रेशम चौधरी पक्षबाट र कैलाश चौधरीले अध्यक्ष रन्जीता श्रेष्ठ पक्षबाट मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो ।

लक्ष्मणकिशोरले नाउपासहित नेपाली काँग्रेस, एकीकृत समाजवादी र राप्रपाको समर्थन रहेको पत्र पेस गर्दै मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको छ भने कैलाश चौधरीले नाउपासहित माओवादी केन्द्र, नेकपा एमाले र स्वतन्त्र सांसदको समर्थन रहेको पत्र प्रदेश प्रमुखलाई बुझाउनुभएको छ । एकै पार्टीका दुई सांसदले मुख्यमन्त्रीमा दावी पेश गरेपछि प्रदेश प्रमुख मियाँले भने अब सांसदहरुको सनाखत गरेर निर्णय लिने तयारी गर्नुभएको छ । उहाँले मङ्गलवार सांसदहरूको सनाखत गर्ने भएको प्रदेश प्रमुखको कार्यले स्रोतले जनाएको छ ।

साथै एकै पार्टीका दुई सांसदले फरक–फरक दाबी पेस गरेकोले उहाँले कानूनी परामर्श पछि मात्रै निर्णय गर्ने बताउनुभयो ।

लक्ष्मणकिशोरले पेस गरेको दाबीमा १८ जना नेपाली काँग्रेसका ४ जना एकीकृत समाजवादी ५ जना नागरिक उन्मुक्ति र एक जना राप्रपा सांसदसहित २८ जना सांसदको समर्थन देखिएको छ ।

त्यस्तै कैलाश चौधरीले एमालेका १० जना, माओवादी केन्द्रका १० जना, नाउपाका २ जना, एकीकृत समाजवादीका ४ जना र स्वतन्त्र एक जनाको समर्थन आफुलाई रहेको भन्दै दाबी पेस गरेका गर्नुभएको छ ।