
धनगढी, २ बैशाख । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका अर्का सांसद कैलाश चौधरीले पनि दाबी पेस गर्नुभएको छ ।
यसअघि नाउपाकै अर्का नेता लक्ष्मणकिशोर चौधरीले दाबी पेस गरिसक्नुभएको छ । कैलाश चौधरीले भने एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्तिको आफूसहित अर्का एक जना सांसद र एउटा स्वतन्त्र सांसदको समर्थनमा दाबी पेस गर्नुभएको हो ।
यसअघि लक्ष्मणले कांग्रेस र एकीकृत समाजवादीको समर्थनमादाबी पेस गर्नुभएको छ ।
कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका ६, एकीकृत समाजवादीका ४ र राप्रपाका १ सांसद गरी बहुमत सांसदको समर्थन रहेको लक्ष्मणले बताउनुभएको थियो ।








प्रतिक्रिया