२९ असार २०८३, सोमबार

एकैदिन २२ सयले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

10.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ वैशाख । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ हजार २ सय रुपैयाँले घटेर १ लाख ३६ हजार ८०० कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार १५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३९ हजार रुपैयाँ किनबेच भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेर प्रतितोला १७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।