१६ असार २०८३, मंगलबार

हल्दीबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष गिरी पक्राउ

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २ वैशाख । इलाका प्रहरी कार्यालय अनारमनीले हल्दीबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरीलाई नियन्त्रणमा लिएको छ । उहाँविरुद्ध जातीय भेदभाव तथा अपमान सम्बन्धी व्यवहार गरेको कसुरमा जाहेरी दर्ता भएको थियो ।

जिल्ला समन्वय समिति झापाका पूर्वप्रमुख सोमनाथ पोर्तेलले गिरी विरुद्ध इप्रका बिर्तामोडमा चैत २८ गते जाहेरी दिनुभएको थियो । सोही जोहरीका आधारमा प्रहरीले गिरीलाई वैशाख १ गते साँझ बिर्तामोडबाट नियन्त्रणमा लिएको झापा प्रहरी प्रवक्ता कृष्ण कुमार चन्दले जानकारी दिनुभयो ।

पूर्वउपाध्यक्ष गिरीले जिसस झापाका तत्कालिन प्रमुख पोर्तेललाई टेलिफोन सम्बाद मार्फत जातीय तथा अन्य छुवाछुत र भेदभाव कसुर र सजाय ऐन २०६८ आकर्षण हुने गरी अभिव्यक्ति दिनुभएको थियो । चैत १८ गते हल्दीबारीमा पार्टीको बैठक सकेर फर्किएका पोर्तेललाई गिरीले फोनबाट गालीगलौच गर्दै जातीय विभेद, अपमान हुने गरी अभिव्यक्ति दिनुभएको थियो ।

फोन मार्फत दलित अधिकारको क्षेत्रमा नेतृत्व गर्ने पोर्तेललाई जातको आधारमा अपमान र विभेद गर्ने गिरीलाई कानुनी कारबाही गर्न झापाका दलित संघ संगठनहरुले संयुक्त रुपमा अपील समेत गरेका थिए ।

पोर्तेलमाथि गिरीले गरेको दुर्व्यवहारविरुद्ध झापाका दलित संघ संस्थाका प्रतिनिधिले विज्ञप्ती जारी गरेर कारवाहीको माग गरेका थिए ।

पोर्तेल नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रीय सचिव, नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा रहनुभएको छ ।