बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

नव वर्ष अफरमा क्लासिक टेक अगाडि, अब २५ महिना ढुक्क

दैनिक नेपाल २०८१ वैशाख २ गते ११:२२

काठमाडौं, २ वैशाख । देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ वर्ष २०८१ को अवसरमा २५ महिना इन्टरनेट ढुक्कको अफर ल्याएको छ ।

यस अफरमा ग्राहकले २०० एमबीपीएस वार्षिक जडान गर्दा २५ महिनासम्मको इन्टरनेट पाउने कम्पनीले जानकारी गराएको छ । जसमा १३ महिना इन्टरनेट र १३ महिना आईपीटीभी सर्भिसमा बोनस समेत हुने कम्पनीले जनाएको छ ।

२०० एमबीपीएसको वार्षिक जडान खर्च मात्र ५६६ रुपैयाँ प्रति महिना रहेको छ । यस अफरमा २५ महिना बोनसका साथै ५ जीएचजेट डुअल ब्यान्ड राउटर र स्मार्ट सेटटप बक्स पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

साथै कम्पनी २४ घण्टा/७ दिन नै सेवा सुविधा दिँदै आएको पनि जानकारी गराइएको छ । अफरअन्तर्गत जेडटीई कम्पनीको राउटर र कारो टीभीको आईपीटीभी सर्भिस पाउने छन् ।

कम्पनीले ग्राहकलाई मध्यनजर गर्दै नयाँ जडानमा मात्र नभई आफ्ना पुराना ग्राहक वर्गका लागि पनि रिचार्ज अफर ल्याएको छ । साथै ग्राहकले रिफर गरे बापत पनि थप २ महिना बोनस समेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित