७ श्रावण २०८३, बिहिबार

भारतमा चटयाङ लागेर २ बालकको मृत्यु, ३ घाइते

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पटना, २ वैशाख । भारतको मध्यप्रदेश श्यौल जिल्लामा चट्याङ लागेर २ बालकको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ३ बालबालिका घाइते भएका छन् ।

विजयपुर थाना प्रभारी सतीश दुबेका अनुसार घटना शनिबार साँझ भएको थियो । धामीनी गाउँ छेउमा बालबालिकाहरु बाख्रा चराइरहेका थिए, सोही क्रममा पानी पर्न सुरु हुँदा बालबालिकाहरु एउटा रुखमुनि बसिरहेका थिए ।

वर्षाको बीचमा अचानक चट्याङ लागेर ८ वर्षका १ जना र १२ वर्षका १ गरी दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रभारी दुबेले जानकारी दिनुभएको छ ।

चट्याङ लागेर घाइते दुई बालिकासहित तीन जनाको विजयपुरस्थित स्वास्थ केन्द्रमा उपचार भइरहेको भारतीय प्रहरीले जनाएको छ।