१६ असार २०८३, मंगलबार

काठमाडौंमा स्कुटर दुर्घटनामा एक जनाको मृत्यु

3.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ वैशाख । काठमाडौंमा आज भएको स्कुटर दुर्घटनमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक काठमाडौं पेप्सीकोला बस्ने ५२ वर्षीय रामशरण केसी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

काठमाडौं महानगरपालिका–३२ कोटेश्वर मुनिभरैव बस पकेट नजिक सडकमा तीनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२ ०२६ प ६००२ नम्बरको स्कुटर दुर्घटनामा परेको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका केसीको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।