
बागलुङ, १ वैशाख । नेकपा (एमाले) बागलुङको अध्यक्षमा हिराबहादुर केसी सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
शुक्रबारदेखि बागलुङ बजारमा सुरु भएको १०औँ जिल्ला अधिवेशनबाट केसी दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन हुनुभएको छ ।
यसैगरी, उपाध्यक्षमा विष्णु भुसाल सर्वसम्मत हुनुभएको छ छ ।
सचिवमा भने तीन जनाको उम्मेदवारी परेको छ । एमाले जिल्ला सचिवमा गणेश थापा, कुमार खड्का र चन्द्र प्रकाश शर्माको उम्मेदवारी परेको निर्वाचन कमिटीले जनाएको छ ।
सचिवमा सर्वसम्मतको प्रयास भइरहेको बताइएको छ ।
उपसचिवमा पनि सर्वसम्मत रूपमा धनबहादुर परियार र करमती पुन चयन हुनुभएको छ ।








प्रतिक्रिया