
काठमाडौं, १ वैशाख । नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि आइतबार बस्ने भएको छ ।
कांग्रेस संसदीय दल कार्यसमितिको आइतबार बिहान ७ः३० बजे र संसदीय दलको बैठक सोही दिन बिहान ८ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने भएको हो ।
सरकारले संघीय संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरिसकेको छ भने भने अन्तिम बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ । संसद बैठक अघि कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।








प्रतिक्रिया